श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १६ गते मङ्गलबार, १ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि भोलि ००ः२२ बजेसम्म,  उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरषाढा १६ः२० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।        
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनको साथले उत्साह जगाउनेछ। तर, आम्दानी भइरहे पनि फजुल खर्च बढ्नेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च गर्नुपर्ने परिस्थिति आउला । विवादमा अघि नसर्नु होला । मिहिनेतीहरूका लागि उत्साहजनक समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् ।