मेडिकल व्यवसायी तथा अभियानता दुर्गा प्रसाईँले निजी बैकको ठुलो रकम बाहिर गइरहेका बताएका छन् । 

उनले नेपालमा रहेका ठुला व्यापारिक घराना विशेष गरी मारवाडी  व्यापारीहरूले निजी बैकमा जम्मा भएको करिब ७० प्रतिशत निक्षेप नेपाल बाहिर रहेको दाबी गरेका  छन् । उनले नेपालको निजी बैक विभिन्न मारवाडी व्यापारिक ग्रुपको नियन्त्रणमा रहेको र ती बैकहरूबाट लगानी भन्दा बढी कर्जा उठाएर  अन्यत्र देशमा लगेको बताएका छन् । 

प्रसाईँले भने '३२ देखि ३४ खर्ब पैसा लिएर  भाग्दै छन् । इस्ट इन्डिया कम्पनीले भारत कब्जा गरे जस्तै नेपालको पुजिलाई नियन्त्रणमा लिएर देश कब्जा गर्ने खोजे जस्तो देखिन्छ । ' उनले ५५ मारवाडी व्यापारीहरूले नेपालको पुजी हङकङ हुँदै  दुबई पुर्‍याएको आरोप लगाका छन् । 

उनले विभिन्न रूपमा राजनीतिक नेताहरूलाई प्रभाव र दबाबमा पारी नेपालको पुजी बाहिर लाने गरेको बताए ।' यो ओपन सिक्रेट जस्तै छ । मारवडीहरू भागिरहेका छन्, नेपालबाट लगेको पुँजीले दुबईमा कार्यालय खेलेर हुन्डी गर्ने, सुन तस्करी गर्ने, रक्त चन्दन, दाल, मल, सुपारी, पेलेटदाना लगायतमा अवैध काम गरिहरेका छन् । ' उनले थपे ' देशको कुल निक्षेपको ७० प्रतिसतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेका छन् ।’

उनले  ती व्यापारीहरूले लिएको कर्जाको १० देखी ४० प्रतिशत नेपालमा लगानी गरेको देखाए पनि बाँकी रकम दुबई, हङकङ, सिङ्गापुर, भारत लगायतका देशमा पुर्‍याउने गरेको बताएका छन् । बैकहरूबाट आवश्यकता भन्दा बढी रकम कर्जा लिने र थोरै रकम नेपालमा लगानी गरेको देखाएर नेपालीको ठुलो रकम विदेश लगेर अवैध कारोबारमा लगानी गर्ने गरेका देखिएको बताएका छन् । 

उनले डलरमा पनि आवश्यकता भन्दा बढीको एलसी खोली बाँकी उतै  राख्ने गरेको बताएका छन् । पछिल्लो समयमा, अवैध सुन प्रकरण, ललिता निवास प्रकरण लगायतका देशका ठुला–ठुला घोटालाहरूमा मारवाडीहरूको संलग्नता देखिन थालेपछि मारवाडीहरू भाग्न सुरु गरिसकेको प्रसाईँले बताएका छन् । 

ललिता निवास प्रकरणमा विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैङ्कका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयलले देश छाडेको विवरण सतहमा आएको बताएका हुन् ।