धितोपत्र बजारमा सेयर कारोबार मापक  नेप्से परिसूचक आज २८.५९ अंकले घटेको छ । बजार २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा अडिएको छ । नेप्से घटे पनि कारोबार भने बढेको छ । बजारमा १ अर्ब ९२ करोडको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ८२ करोडको कारोबार भएको छ । आज म्युचल फण्डबाहेकका सबै सूचकहरुमा गिरावट आएको छ । निर्जीवन बीमा कम्पनीको उपसमूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका कम्पनीमध्येबाट १७ वटाको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । त्यसैगरी ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । 

आज सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ । त्यसैगरी किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ । अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।