जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १५ यता १ सय ८ थान नागरिकता वितरण गरेको छ । यस्तै जन्मसिद्धका सन्तानले प्राप्त गर्ने वंशजका आधारमा २१ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
साउन १५ गते नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम जन्मसिद्धका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने प्रावधानअनुसार महिला १५ जना र पुरुष ६ जनाले नागरिकता प्राप्त गरेका छन् ।
त्यस्तै अन्य ८७ गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले जम्मा १ सय ८ थान नागरिकता वितरण गरेको जनाएको छ ।