श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १७ गते बुधबार, २ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि  २०ः२९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण १३ः१८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि  मकर, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
माया मारेको कामसमेत सम्पादन हुनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ । काममा जग बसाउने अवसर प्राप्त हुनेछ।        
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । गरेका कार्य सफल हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन् ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौतीको सामना गर्नुपर्ला । नयाँ ज्ञान सिक्ने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउला । काममा जुट्नुपर्ने योग छ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।