श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १८ गते बिहीबार, ३ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको द्वितीया तिथि २०ः२९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण १३ः१८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिबन्दले व्यावहारिक समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठनमा धेरै समय दिन नसकिएला।केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादले काममा समस्या निम्त्याउन सक्छ । कामको प्रतिफल प्राप्त नहुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको भरपर्दा काम बिग्रन सक्छ। शुभचिन्तकको सहयोगले तत्कालको अन्योल टर्ने र व्यापार बढ्नेछ।