चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी  वाहक रकेट द्वारा बिहान  ११ ः४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो । 

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।