श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १९ गते शुक्रबार, ४ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको तृतीया तिथि १३ः१० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र शतभिषा ०७ः३०बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । काममा जग बसाउने मौका छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । मनग्य फाइदा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। धर्म, कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला।दिन सामान्य देखिन्छ ।