श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २० गते शनिबार, ५ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको चतुर्थी तिथि १०ः०४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्र भोलि ०३ः१४ बजेसम्म, उप्रान्त रेवती,,चन्द्रमा राशि मीन। सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः५० बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा केही विवाद हुनसक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनीतिमा समस्या आइपर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समुदायको हकहित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। काममा व्यवधानसमेत देखापर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।