श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २१ गते आइतबार, ६ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको पञ्चमी तिथि ०७ः३१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती भोलि ०२ः०१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः२९ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामको जग बसाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएको काम बन्नेछ र जिम्मेवारीसमेत बढ्नेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महŒवाकाङ्क्षी काम बन्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले काम रोकिन सक्छ।