श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २२ गते सोमबार, ७ अगष्ट २०२३। पिङ्गलनाम संवत्सर, श्रावण कृष्ण पक्षको षष्ठी तिथि ०५ः३९ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र अश्विनी भोलि ०१ः३१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि– मेष, सूर्योदय ०५ः३० बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइसँग असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगी जुटाउन नसकिएला। अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ। अवसरका लागि केही त्याग गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खनु पर्नेछ। ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।