सदनको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेतासहितको सभामुखद्वारा डाकिएको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक आजै साढे ३ बजे पुनः बस्ने बताइएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी थिए ।

आज सदन चले संसदीय समितिको सभापति चयनको प्रक्रिया पनि अघि बढ्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘हाउस अवरुद्ध हुनुुहुन्न धेरै महत्वपूर्ण काम गर्नु छ सहमतिको साथ अघि बढ्नुपर्छ भन्ने कुरामा हामी एकैठाउँमा छौं । हाउस चलाउने प्रयत्न भइरहेको छ । छलफल सकारात्मकरूपमा अगाडि बढेको छ ।’ प्रमुख सचेतक लेखकले भने ।