नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात अर्थात् सीडीसी रेसियो कायम नगरेको भन्दै दुई बैंकलाई कारबाही गरेको छ । 

कारबाहीमा पर्ने बैंक कुमारी बैंक र हिमालयन बैंक लिमिटेड छन् । यी बैंकले  सीडीसी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद जरिवाना गरेको छ । 

कुमारी बैंकलाई ५९ लाख ६३ हजार र हिमालयन बैंकलाई १ करोड ३९ हजार जरिवाना गरेको हो ।

प्राइम कमर्सियल बैंकलाई भने क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको साथै प्रिमिय दर बढाई ब्याज असुल गरेको आरोपमा प्राइम बैंकलाई सचेत गराइएको छ ।