श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि.सं.२०८० साल साउन २४ गते बुधबार, ९ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर ।श्रावण कृष्ण पक्षको नवमी तिथि भोलि ०४ः२८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र कृतिका भोलि ०२ः४३ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनलाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। जिम्मेवारी वहन गर्नुपर्दा सम्मानमा बाधा पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा दुःख पाइएला। परिश्रम गरे पनि कार्य सफल नहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनु परे पनि उधारोमा व्यापार हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाका लागि केही त्याग्नु पर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गरे छोटो समयमै काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । यात्रा सफल हुने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। व्यवसायबाट फाइदा हुनेछ।