विराटनगरमा प्रतिबन्धित औषधीसहित धरानका दुई युवा पक्राउ परेका छन् ।
महानगरपालिकाको १५ नम्बर वडा स्थित ढाटबाट प्रहरीले प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ८ का २९ वर्षीय बुद्ध श्रेष्ठ र २३ वर्षीय राकेश प्रधान इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । कार्यालयका अनुसार मंगलबार साँझ ६ बजे लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल आउँदै गरेको उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारेको तियो ।
उनीहरूमाथि चेकजाँच गर्दा प्रहरीले उनीहरूको साथबाट लुपिजेसीक, फेनारागन, एभिल र डाइजेपाम गरी जम्मा ८४ एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको कार्यालयले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।