आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

एमालेले कायमै राखेपछि आज पनि  बैठक बस्न नसकेको हो । आजको बैठक सुरु भएसँगै एमालेका सांसद सूर्यबहादुर थापाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति  गठन नभएसम्म  बैठक चल्न नसक्ने बताएका थिए । उनले बोल्दै गर्दा सत्ता पक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए । 

सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका  सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगेका थिए । 

बैठकमा अवरोध  भएपछि  प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार (साउन २६ गते) दिउँसो १ बजे बस्ने  घोषणा गरी सभामुख देवराज घिमिरेले  आजको बैठक स्थगित गरेका हुन् ।