सङ्खुवासभाको जिल्ला कारागारमा कैद  भुक्तान गरिरहेका दुई जना कैदीबन्दीको  शङ्कास्पद मृत्यु भएको छ । 

चोरी मुद्दामा सजाय भोगिरहेका नुवाकोट घर भई हाल खाँदबारी–९ का आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा जिल्ला मादी नगरपालिका–५ का विनोद तोलांगीको बुधबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार  कारागार भित्र कैदी बन्दी बिच कुटपिट हुँदा  उनीहरू घाइते भएका थिए । घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अर्धचेत अवस्थामा रहेका उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

जननिहरूलाई  कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि  प्रहरी र कारागार प्रशासनले नियन्त्रण लिएको र कारागारभित्र राखिएको बताइएको छ  । 

 उनीहरूलाई कारागारभित्र राखिएको केही बेरमा कैदीबन्दी बिच कुटाकुट बताइएको प्रहरीले बताएको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिले १० दिनमा प्रतिवेदन बुझाउने जिल्ला सुरक्षा समितिको निर्णय भएको छ ।