श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २५ गते बिहीबार, १० अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको दशमी तिथि भोलि ०५ः२४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रोहिणी भोलि ०४ः१६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम थालनी गर्न बिहानीको समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरवादीहरूले दुःख दिन सक्छन्।खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक सङ्केत प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा दुःख पाइएला। परिश्रम गरे पनि कार्य सफल नहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजना थाल्ने समय आएको छ। तर, अरूको भरपर्दा काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्।मिहिनेत गर्दा आम्दानीको स्रोत फेला पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सोखले फजुल खर्च बढाउनेछ । प्रयत्न गर्दा काम भने बन्नुका साथै विस्तारै लक्ष्यमा पुग्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरले पछ्याउनेछ भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नाम, दाम र इनाम दिलाउन सक्छ।