अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेसबुकबाट धम्की दिँदै आएका व्यक्तिलाई गोली ज्यान लिएको छ । 

एफबीआईको टोलीले क्रेग रोबर्टसन नामक व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको बीबीसीले जनाएको छ । 

रोबर्टसनले फेसबुक वालमा बाइडेन र बन्दुकका तस्बिर राख्दै मार्ने धम्कीसहितका स्टाटस राखेको बताइएको छ ।