साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ५.१३ अंकले बढेको छ । नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमाथि आइपुगेको छ ।
तीव्र उत्तारचढावका बीच सामान्य अंकले बजार बढेसँगै कारोबार २ अर्ब नाघेको छ । आज बजारमा २ अर्ब १५ करोडको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ८७ करोडको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १०५ कम्पनीको सेयरमूल्य बढ्दा १०८ कम्पनीको घटेको छ । त्यसैगरी ९ कम्पनीको कारोबार स्थिर देखिएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूह सूचकमा गिरावट आएको छ । बाँकी ९ उपसमूहका सूचक भने बढेका छन् ।
आज बैंकिङ, डेभलपमेन्ट बैंकिङ, फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स उपसमुचक गिरावट आएको हो ।
आज अभियान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार गरेको सोल्टी होटलको आज १६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।