बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको छ ।
समाचार संस्था सिह्न्वाका अनुसार श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहीबार दुर्घटना बारे जानकारी दिएका हुन् ।
डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए ।
खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ ।