श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि. सं. २०८० साल साउन २६ गते शुक्रबार, ११ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको एकादशी  तिथि  भोलि  ०६ः४९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा भोलि ०६ः१६ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले मनमा डर लाग्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको सहयोगले फाइदा उठाउन सकिनेछ। केही खर्च लागे पनि महत्वपूर्ण सामान जोड्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वादविवादबाट टाढा रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला।आँटेको काम तत्काल बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलामा होस नपु¥याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।