वासांसि जीर्णणि यथा विहाय
नवानि गृरुणति नरोपराणि ।
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही ।।
सब कहते है कि जिन्दगी एकवार मिल्ती है
लेकिन जिन्दगी नहीं, मौत एकवार मिल्ती है
जिन्दगीतो हरपल मिल्ती है
ये कफन, ये कव्र ये जनाजे ये सव रस्मे है
मरतो इन्सान तब ही जाता हे, जब याद करनेवाला कोइ ना हो ।
गिरी र माक्र्सवाद (जन्मजातै गिरी लोकतन्त्रवादी त थिए नै, साथै उनमा गान्धीवाद र माक्र्सवादको गहिरो प्रभाव थियो । माक्र्सवाद के हो भन्दा पनि त्यसलाई कसरी बुझ्ने त्यो नै उनको लागि महŒवपूर्ण थियो । अलिकति माक्र्सको यहाँ चर्चा गरौं । ई.सन् १८१८ मा जर्मनीमा जन्मेका माक्र्सलाई बेलायत, फ्रान्सलगायत केही मुलुकहरूमा भएको औद्योगिक क्रान्तिले ठूलो प्रभाव पा¥यो । मजदुरहरू अत्यन्तै दयनीय अवस्थामा थिए, श्रम बढी गर्नुपथ्र्यो, ज्याला कम थियो, अस्वस्थकर बासस्थानमा बडो जोखिमपूर्ण काम गर्नु पथ्र्यो । यो दृष्यले उनी अत्यन्तै पिडीत भए, उनी अघिका अर्थशास्त्री जस्तै एडम स्मिथ, डेबिड रिकार्डो सबै पुँजीवादी थिए, मजदुरहरूप्रति दया राख्ने उनी मात्रै थिए । पहिलो उनको ध्यान मूल्य निर्धारण र मुनाफा कसरी हुन्छ भन्ने कुरामा गयो ।
वस्तुको मूल्य निर्धारण कसरी हुन्छ मेरो भाषामा रिकार्डोको भनाइ भन्नुपर्दा –कुनै पनि वस्तुको मूल्य निर्धारण उद्योगपतिले कच्चापदार्थ खरिद गर्दा लागेको लागत र मजदुरलाई दिइने ज्यालाको जोडफलबाट वस्तुको मूल्य निर्धारण हुन्छ । उदाहरणको लागि एउटा वस्तुको उत्पादनमा कच्चापदार्थ खरिद गर्दा रु. १००।– खर्च र मजदुरको ज्याला रु. ५०।– छ भने त्यसको मूल्य रु. १५०।– हुन आउँछ । यदि त्यही दाममा त्यो वस्तु उसले बेच्दछ भने मुनाफा कसरी आउँछ त ? माक्र्सको लागि यो नै ठूलो खोजको विषय थियो । उनी यो निष्कर्षमा पुगे की त्यही लागत (१५०।–) मा उत्पादित वस्तु त्यही मूल्यमा बेच्दा यदी मुनाफा आउँछ भने कति मात्रामा मुनाफा भयो, त्यो मात्रा भनेको श्रमिकलाई दिइनुपर्ने तर, नदिएको मात्रा (अतिरिक्त मूल्य) हो । यसबाट के देखिन्छ भने, जति जति कम ज्याला दिइन्छ, त्यति त्यति बढी मुनाफा आउँछ यो माक्र्सको सूत्र हो ।
माक्र्सले जे देखे, अनुभव गरे त्यो लेखे । विकल्पमा उनले ‘वर्गसङ्घर्ष’ र ‘सर्वहारा अधिनायकवाद’ मात्र देखे । तर, त्यो नै निर्विकल्प थिएन, धेरै विकल्पहरू थिए, जस्तैः श्रमिकको ज्यालावृद्धि, स्वस्थ बासस्थान, उनीहरूलाई दिइने लाभांश, बोनस आदि । यी विकल्पहरू उनले आफ्नो लेखमा लेखेनन् । माक्र्सकै समकालीन उद्योगपति रवर्ट ओवेनले आफ्ना श्रमिकहरूलाई राम्रो ज्याला दिए, सुविधा पनि दिए तर, पनि उनको व्यापारले राम्रो मुनाफा ग¥यो । यहाँ माक्र्स चुके, उनको मुनाफा सूत्र लागू भएन, यो कुरा उनले देखेनन् ।
माक्र्स जर्मनीमा जन्मेकाले त्यसै पनि जर्मनी माक्सवादीहरूको लागि उर्वरभूमि भई नै हाल्यो । जब ई.सन् १८९५ मा एङ्गेल्सको निधन भयो, शास्त्रीय माक्र्सवादीहरूदेखिबाहेक दोस्रो पुस्ताका माक्र्सवादीहरू जस्तैः कार्ल काउत्स्की, एडवर्ड वर्नस्टीन आदिले माक्र्सवादलाई लोकतन्त्रभित्रै अटाउन ठूलो प्रयास पनि गरे, उनीहरू ओवेनको व्यापारिक नीतिबाट अत्यन्तै प्रभावित थिए, उनीहरूको पार्टी पनि सोसियल डेमोक्रेट थियो । उता रुसमा भने भ्लादिमिर लेनिन, निकोलाई बुखारीन, लियो ट्रटस्कीलगायत केही हार्डलाइनरहरू थिए । जारको पतनपछि एलेक्जेण्डर करेन्स्कीको नेतृत्वमा गठन भएको सरकार र संविधानसभा लेनिनद्वारा विघटन भयो । यसरी माक्र्सवादको दुरुपयोग भयो । यहाँ रोचक कुरा के छ भने ‘सर्वहारा अधिनायकवाद’ बारे काउत्स्कीको भनाइ मेरो भाषामा भन्नुपर्दा सर्वहारा अधिनायकवाद अकस्मात माक्र्सको कलमले लेख्यो, जसलाई बोल्सेविकहरूले (लेनिन) आफ्नो उद्देश्यका लागि मौकाको फाइदा उठाए । उनी सर्वहारा अधिनायकवादलाई भ्रम (गतलफेमी) मान्छन् । (कम्युनिष्ट इन्टरनेशनलका संक्षिप्त इतिहास, हिन्दी अनुवाद, प्रगति प्रकाशन, मस्को (१९७८ पेज नं. ५१) अर्कातिर लेनिनको भनाइ मेरो आफ्नो भाषामा– ‘वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, समानता आदिजस्ता लोकतन्त्रका आधारभूत कुराहरू ‘पुँजीवादी अधिनायकवादलाई ढाकछोप गर्ने, पर्दा मात्र हुन् । उनी ‘पुँजीवादी अधिनायकवाद’ वा ‘सर्वहारा अधिनायकवाद’ मात्र देख्छन् । (उही पुस्तक पेज नं. ६३) । लेनिनले त काउत्स्कीबारे किताब नै लेखे– ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की । सत्ताको लागि रुसमा धेरै षड्यन्त्र र हत्या भयो ।’ वुखारीन र ट्रटस्की जस्ता कैयौं नेताको हत्या भयो । वस् यहाँभन्दा बढी नलेखौं ।
यहाँसम्म माक्र्सवादी दर्शन र त्यसको सानो झलक राखियो किनकि गिरीको त्यसमा राम्रो अध्ययन थियो र उनमा त्यसको राम्रो प्रभाव परेको प्रष्ट हुने हेतुले । गिरी लोकतन्त्र, गान्धीको अहिंसा र माक्र्सवादका बीच ‘फ्युजन’ देख्नुहुन्थ्यो ।
गिरीको व्यक्तित्वः (बस्तीपुरको गिरी परिवार अत्यन्तै शिक्षित र सुसंस्कृत त थियो नै, त्यसमा पनि वनारसमा अध्ययन गर्दा भारतका होनहार मूर्धन्य समाजवादीहरू जस्तैः डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, चन्द्रशेखर आदिसँगको भेटघाटले गर्दा उनको व्यक्तित्व अत्यन्तै खारिएको थियो । गिरीको बौद्धिकतालाई देखेर स्वयम् बी.पी. कोइराला पनि उनको तारिफ गर्नुहुन्थ्यो । गिरी द्वन्द्ववादी दृष्टिकोणलाई आत्मसात गर्थेे । दलहरूबीच प्रतिस्पर्धा तथा सङ्घर्ष हुनु स्वभाविकै हो तर, देशका कतिपय गम्भीर सवालहरूमा एकताको आवश्यकता पनि देख्थे । मुलुकमा भएको सांस्कृतिक विचलन कुशासन तथा भ्रष्टाचार निर्मूल पार्ने सवालमा घनश्याम भुषाललगायत केही वामपन्थी बुद्धिजीवीहरूसँग मिलेर एउटा देशव्यापी जागरण गर्ने अभियान पनि चलाएका थिए तर, त्यो त्यतिकै तुहियो ।
उनी धेरै अध्ययनशील त थिए नै, पढेको कुरा झट्ट प्रसङ्गअनुसार सम्झिन सक्ने तेज स्मरणशक्ति भएका विलक्षण प्रतिभाका धनी पनि थिए । उखान, टुक्का, हँसीमजाकमा पनि उनी माहिर थिए तर, पनि पीडा भने उनमा थियो नै । ‘अराष्ट्रिय तŒव’ को छोरो भन्ने आरोप त उनलाई पञ्चायती मण्डलेहरूले लगाएकै थिए । उनलाई डा. राममनोहर लोहियाको चिठ्ठी आएकै कारण उनी दुई वर्षजति नख्खु जेल परे । वनारसमा पढ्दा काङ्ग्रेसकै एउटा तप्काले उनीमाथि साङ्घातिक हमला पनि ग¥यो । जुन कुरा यो पङ्क्तिकारले २०४५ को साप्ताहिक विमर्शमा छापिएको उनकै अन्तरवार्तामार्फत् जानकारी पायो । २०४२ सालको सत्याग्रहमा पनि उनीमाथि जेलमा आक्रमण हुन लागेको थियो तर, हुन पाएन (गत वर्षको कान्तिपुर, हरि रोकाको लेख) ।
२०४८ सालको पहिलो संसद्को चुनावमा उनीमाथि सबैको समर्थन हुँदा पनि काङ्ग्रेसको एउटा घोर दक्षिणपन्थी कित्ताबाट उनी माथि उम्मेदवारी नदिन कडा भिटो प्रहार भयो । तत्कालीन पार्टी सभापति किसुनजी पनि साथीभाइहरूको असहयोगले गर्दा पराजित भए । २०४८ पछि निर्माण भएको काङ्ग्रेस सरकारले जे गर्नुपर्ने थियो, चुक्यो । गिरीले विरक्त भएर किसुनजीलाई अब नेपालको इतिहास कालो अक्षरले कोरिँदैछ, राजनीति छोडेर बस्तीपुरको आश्रममा दुवै जाऔँ भन्ने सल्लाह पनि दिएका थिए तर, पछि गिरी आफ्नै बाहुबलले सांसद् तथा केन्द्रीय सदस्य भए भने किसुनजी ०५६ को चुनावमा प्रधानमन्त्री भए ।
गिरी संसद्मा रहँदा जहिल्यै पनि आकर्षणको केन्द्रमै हुन्थे । उनी बोल्दा पिनड्रप साइलेन्स हुन्थ्यो ।
हरेक घटनाहरूको कारण खोज्थे । उनी पटक–पटक भन्ने गर्थे, ‘मच्छर मारेर के गर्ने, समस्या फोहोरमा छ ।’
गिरीको निजी जीवनः
गिरीको लेख, विचार, दर्शन, आदिबाट प्रभाव परेको कारणले गतवर्ष उनको निधनमा त म अत्यन्तै मर्माहत थिए । निको भएको घाउ पनि यी हरफ लेख्दा चस्स भयो । तथापि मेरो यो अवसाद (ट्राजिडी) ले अलिकति राहत (कमिक रिलिफ) पाउँछ, जब म किशोर नेपालज्यूले गत वर्ष (गिरीको निधन) लेखेको लेख सम्झन्छु । उनीहरूबीचको दोस्ताना अत्यन्त आत्मीय भएर होला गिरीले कता कता केही प्रसङ्गमा आफ्नो युवापन, प्रेमील जीवन, कर्म आदि असफल भएको कुरा विभिन्न सायरी, कविता, तुक्का आदि मार्फत् नेपाललाई व्यक्त गरेका थिए होला । यी हरफहरू लेख्दै गिरीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मेरो यो लेख यहीँ बन्द गर्दछु ।
वो लोग बहुत खुश किस्मत थे ।
जो इश्कको काम समझते थे ।।
ये कामसे आशिकी करते थे ।
हम जीते जी मसरुफ रहे ।।
कुछ ईश्क किया, कुछ काम किया ।
काम इश्कके आडे आता रहा ।।
और इश्कसे काम उलझता रहा ।
फिर आखिर तंग आकर हमने
दोनोको अधुरा छोड दिया ।
हजारो ख्वाहिस ऐसे निकले के हर ख्वाहिस पर दम निकले ।
बहुत निकले मेरे अरमान, लेकिन फिरभी कम निकले ।।