जन्मदिनको अवसर पारेर धरानका मजदुर नेताले विद्यालयलाई सहयोग गरेका छन् ।
धरानका मजदुर नेता लक्ष्मी बानियाँले पूर्वान्चल ज्ञान चक्षु विद्यालयका बालबालिकासँग जन्मोत्सव मनाउँदै भौतिक सामग्री प्रदान गरेका हुन् । बालबालिकाका लागि बानियाँले बिहानको खानासमेत व्यवस्थापन गरेका छन् ।
जन्मोत्सवलाई सिर्जनात्मक र अनुकरणात्मक होस् भन्ने मनशायले बालबालिकासँगै जन्मोत्सव मनाएको मजदुर नेता बानियाँले बताए ।
विद्यालयका लागि उनले ५० थान प्लास्टिक कुर्सीसमेत प्रदान गरेका छन् ।
दृष्टिविहीन तथा न्यून दृष्टि भएका बालबालिका अध्ययनरत धरान १५ स्थित विद्यालयमा ७० जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक प्रमोद भण्डारीले जानकारी दिए ।
बानियाँ विद्यालयका सल्लाहकार समिति सदस्य हुन् ।