म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

केइन राज्यका छवटा टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ । केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै  सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा–आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।  

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेल मार्गहरू मंगलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीको कारण डुबानमा परेका छन् ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छ वटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।

बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको  ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।

‘मेरो घरको भुइँ तल्ला हाल डुबेको छ ।’ बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । 

बागोका तल्लो क्षेत्रका केही बासिन्दाहरूलाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् ।