श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २७ गते शनिबार, १२ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको एकादशी तिथि ०६ः४९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मृगशिरा ०६ः१६ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । व्यवहारमा सजग रहनुपर्ला। दिन सामान्य बित्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव  हुन सक्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। आफन्तजनसँग भेटघाट हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चिताएको कामले राम्रै लाभ दिलाउनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा बढी नै फाइदा हुने समय छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। व्यवसायमा लगानी बढाउने योग छ।