श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २८ गते आइतबार, १३ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको द्वादशी तिथि ०८ः३७ बजेसम्म,  उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा ०८ः४१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः३३ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गरे काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उद्योग र व्यापारबाट फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्तिने बानीले काम बिग्रनुका साथै आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे लक्ष्य पहिल्याउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।सहयोगीहरूले राम्रो साथ दिने हौसला प्रदान गर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरूसमेत टाढा हुनेछन्।