सुनसरी । सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

मंगलबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ ।

पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।