श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २९ गते सोमबार, १४ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको त्रयोदशी तिथि १०ः४१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु ११ः२० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा त्यति समय दिन नसकिएला । सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। भविष्यमा नोक्सान हुने देखिन्छ।