श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ३० गते मङ्गलबार, १५ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि १२ः५८ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पुष्य १४ः११ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । काम प्रारम्भ गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टिप्पणी हुने समय भएकाले बोलीमा सजग रहनुपर्ला । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सोखले खर्च बढाउने हुँदा अर्थ अभावसमेत देखापर्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।