श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ३१ गते बुधबार, १६ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको औंसी तिथि १५ः२२बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्लेषा १४ः११ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। हतारमा निर्णय लिनाले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलश्य त्यागेर मिहिनेत गरे फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पु¥याउलान्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ।आफन्तजनसँग भेटघाटको रमाइलो अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।