विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दब थापाले आज काँग्रेसबाट एक मन्त्री  थप गर्ने भएका छन् ।

मुख्यमन्त्रीका स्वकिय सचिव मिलन चापागाईंले दिएको जानकारी अनुसार काँग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन् । उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ ।

मण्डललाई फूल मन्त्री बनाउने कि राज्यमन्त्री बनाउने भन्ने विषयमा भने आफूलाई जानकारी नभएको चापागाईंले  बताए । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिंचाइ  खानेपानी तथा उर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।