धरान । बजारमा ल्याउन लागेको सामसङको नयाँ मोबाइल सार्वजनिक गर्न सुनसरीको इटहरीमा रिटेलर मिट आयोजना गरिएको छ ।

काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरण गरिएपछि सामसङ नेपालले इटहरीमा मङ्गलबार रिटेलर मिट राखेको हो । जहाँ ३० जना साझेदारहरू सहभागी थिए । सामसङका नयाँ मोडलहरूको फिचर्सबारे जानकारी गराइएको थियो । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङमा उपलब्ध छ । नेपालमा भने मिन्ट, लाभेन्डर र कालो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

८ जिबी र्यामसहित २ सय ५६ जीबी भण्डारण क्षमता रहेको छ । यसको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का निलो रङमा उपलब्ध छ । १२ जिबी र १२ प्लस जिबी ¥यामसहित २ सय ५६ जिबी र ५ सय १२ जिबी भण्डारण क्षमता रहेको छ । यसको बजार मूल्य दुई लाख २६ हजार नौ सय ९९ र दुई लाख ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

यी मोडलहरूको प्रि–अर्डर साउन २२ गतेदेखि नै सुरु भैसकेको कम्पनीले जनाएको छ । प्रि–अर्डरमा ग्राहकहरूले २५ हजार रुपैयाँभन्दा माथि छुट पाउने वा त्यसको सट्टामा केही आकर्षक उपहार पनि रोज्न पाउने सुविधा दिएको छ । यी मोबाइल खरिद गर्न चाहनेका लागि सामसङ इन्स्टा फाइनान्सको सुविधा पनि दिएको छ ।

शून्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजार रुपैयाँ न्यूनतम् इएमआई तिरेर फोन किन्न सक्ने जनाएको छ । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस स्टोरको साथै देशभरिका दुई सयभन्दा बढी पसलहरूमा उपलब्ध छ ।