विजयपुर/धरान–६ पानबारीस्थित सरस्वती माविका मङ्गलबार सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डको परीक्षाफलमा ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयका प्रधानाध्यापक गङ्गा धमलाका अनुसार विद्यालयबाट कुल ८४ जना विद्यार्थी सहभागी भएकोमध्ये ३० जना अर्थात् ३५ दशमलब ७१ प्रतिशत विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि योग्य भएका हुन् । प्रधानाध्यापक धमलाका अनुसार माविका सबैभन्दा बढी व्यवस्थापन समूहकी सविता कटवालले ३.५२ जीपीए ल्याएकी छन् ।
यस्तै, व्यवस्थापन समूहकै पार्वता लिम्बूले ३.३७ जीपीए, सलिना खड्काले ३.२४, अभिषेक विश्वकर्माले ३.१८, सुरक्षा विसुन्केले ३.१२ र सिकुम लिम्बूले ३ जीपीए ल्याई उत्तीर्ण भए । ३७ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । आगामी असोज ६ र ७ गते सञ्चालन हुने ग्रेड वृद्धि परीक्षामा उनीहरू सहभागी हुन पाउने भएका हुन् ।