श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल साउन ३२ गते बिहीबार, १७ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर।श्रावण शुक्ल पक्षको प्रतिपदा  तिथि १७ः४९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मघा २०ः१० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला। पछिका लागि काम गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको मेसो नमिल्दा पछि परिनेछ।  आफ्नै वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार बढ्नाले धनलाभ हुनेछ। विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर, सहयोगीहरूको भरपर्दा पछि परिएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आगन्तुकहरूले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि काममा केही बाधा उत्पन्न होला।