काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालित इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३÷२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ ।

यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरूले साप्ताहिक रूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् ।

प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरू साप्ताहिक रूपमा भर्न सक्छन् । ग्राहकहरूलाई साप्ताहिक रूपमा बोनस प्रश्न पनि सोधिनेछ । जबबाट १० अङ्क सङ्कलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।

मुख्य पुरस्कारका रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २ सय ५० जीबी डेटा सेवा पाउनेछ । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २ सय ५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २ सय ५० जीबी डेटा तीन महिनासम्म पाउनेछ ।

यतिमात्र नभई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म चल्ने जनाएको छ । सबैभन्दा धेरै अङ्क ल्याउन सफल प्रतियोगीहरूलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ ।

साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी अङ्क प्राप्त गरेको आधारमा नौ सय ९८ पर्ने कम्बो प्याक प्रदान गरिने भएको छ ।