बराहक्षेत्र नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेश गर्नु अघि अनिवार्य राष्ट्र गानमा सहभागी हुनुपर्ने नियम लागू गरिएको छ ।

बिहिबारबाट सुरु गरिएको उक्त नियम अनुसार कार्यालयमा १० बजे आएर सामूहिक रुपमा राष्ट्रगानमा सामेल हुनुपर्ने नियम बनाइएको हो । कर्मचारीलाई जिम्मेवार बनाई नगरपालिका आएका सेवाग्राहीलाई छिटो छरितो सेवा दिन उनीहरुलाई कार्यालय समय र पोशाकमा नियमित राष्ट्रगान सहभागी हुनुपर्ने नियम लागु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले जानकारी दिए ।