श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १ गते शुक्रबार, १८ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको द्वितीया तिथि २०ः१५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वफाल्गुनी २३ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। श्रम परे पनि धेरैको उपकार गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । दिगो काम प्रारम्भ हुनेछ । दिन सामान्य रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आलश्य गर्ने बानीले पछि परिनेछ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ । बोलीको भरमा चिताएको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठनमा प्रगति हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।सहयोगीहरूले काममा साथ दिनेछन्।