सुनसरी । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल मुस्लिम सङ्घ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् ।
नेपाल मुस्लिम सङ्घ कोसी प्रदेशका सभापति हाजी इसराइल मन्सुरीको अगुवाइमा नेपाल मुस्लिम सङ्घका केन्द्रीय कार्यवाहक अध्यक्ष डाक्टर अताबुल मन्सुरी, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवम् कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार मियाँ अन्सारी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष एवम् नेपाल मुस्लिम सङ्घ सुनसरीका निवर्तमान सभापति अजमल अख्तर आजादले हारुन अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।
मुस्लिम सङ्घको जिल्ला उपसभापति वहाब अन्सारी, महिला उपसभापति नजिरा खातुन चयन भएका छन् भने सचिवमा हजरत हुसेन, सह–सचिवमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दिन मियाँ र सह–कोषाध्यक्षमा सेराज फलाही चयन भएका छन् ।
यस्तै महिला सदस्य अकबरी बेगम, नजमा खातुन र जलेशा खातुन चयन भएकी छन् । त्यसैगरी अन्य सदस्यहरूमा मोलिम अन्सारी, जावेद अन्सारी, मासुम अन्सारी, मन्जुर आलम, इसराफिल राइन, फिरोज आलम, सैयब अन्सारी, मुख्तार मियाँ, सेराजुद्दिन अन्सारी, अब्दुल मियाँ र बसिर मियाँ चयन भएका छन् ।
नेपाल मुस्लिम सङ्घले दिएको जिम्मेवारीअनुसार लामो समयदेखि हुन नसकेको मुस्लिम सङ्घको जिल्ला अधिवेशनबाट सर्वसम्मतिले नयाँ कार्य समिति चयन गरिएको नेपाल मुस्लिम सङ्घ कोशी प्रदेशका सभापति एवम् सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद् हाजी इसराइल मन्सुरीले जानकारी दिए । यस्तै सर्वसम्मतबाट नेपाल मुस्लिम सङ्घको अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिँदै हारुन अन्सारीले आफू सबैलाई समेटेर मुस्लिम सङ्घलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।