धरान–१६ को युएन नवोदय कलेजले होटल म्यानेजमेन्टतर्फ धरान प्रथम र दोस्रो भएका विद्यार्थीलाई नगदले पुरस्कृत गरेको छ ।
कलेजले बिहीबार कार्यक्रम गर्दै बिएचएमतर्फको चौथो सेमेस्टरमा ३.९३ जीपीए ल्याएका दीपेश लुङ्फुङ्वा लिम्बूलाई र आरनेश कटुवाललाई नगदले पुरस्कृत गरेको हो । उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । त्यस्तै ३.९१ जीपीए ल्याउने धरानका दोस्रो दिपसन नेम्वाङ लिम्बूलाई नगद ५ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । यसैगरी बिएचएम तेस्रो सेमेस्टरमा ३.८४ जीपीए ल्याएका प्रकाश राईलाई नगद २ हजार र सम्मान–पत्र प्रदान गरिएको छ ।
बिएचएम तेस्रो सेमेष्टरमा ३.८४ जिपिए ल्याएर कोशी प्रदेशमा तेस्रो बनेका दीपेश लिम्बूलाई नगद १५ हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ । यस्तै तेस्रो सेमेस्टरमै ३.८३ जीपीए ल्याएकी इषा राई सुनुवारलाई नगद तीन हजार र सम्मान–पत्र प्रदान गरिएको छ । ३.७९ जीपीए ल्याएकी तेस्रो सेमेस्टरकै रश्ना गुरुङलाई नगद २ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ ।
कलेजले लिएको आन्तरिक परीक्षा पाँचौं सेमेस्टरका प्रकाश राई ८३.०६ प्रतिशत, सुम्निमा राई ७९.१७ प्रतिशत, रश्ना गुरुङ ७८.३३ प्रतिशत ल्याएर क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । पाँचौं सेमेष्टरकै सन्ध्या लिम्बू ८०.३३ प्रतिशत, सस्मिता लिम्बू ७९.६७ प्रतिशत, निमु लिम्बूले ७६.६७ प्रतिशत ल्याउन सफल भइन् । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट को–अर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापिका सिर्जना लिम्बूलगायतले विद्यार्थीलाई नगद र सम्मान–पत्र वितरण गरेका थिए ।