राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल धरान उपमहानगर समितिले धरानमा जातीय सद्भाव भड्किँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । पार्टीले यस्ता गतिविधि अविलम्ब रोक्न आग्रहसमेत गरेको छ ।
शनिबार प्रेस वक्तव्य जारी गर्दै राप्रपा नेपालले गाउँ, शहर, समाजमा बस्ने सचेत नागरिक धरानमा भइरहेको गतिविधिका कारण अत्यन्तै दुखित र चिन्तित भएको उल्लेख गरेको छ ।
राप्रपा नेपालले विज्ञप्तिमा ‘धरानमा गौ–हत्या गरी सामाजिक सञ्जाललगायतमा प्रचारबाजी गर्ने खाल्का हर्कत, गतिविधिले धार्मिक तथा जातीय सद्भाव भड्किंदै जाने र समाजमा यसले नराम्रो असर पुर्याइरहेको हुँदा यस्ता गतिविधि अविलम्ब तुरुन्त बन्द गर्न अनुरोध गर्दछौं ।’ भनेको छ ।
‘नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक चार जात छत्तिस वर्ण भएको मुलुक हो भन्ने संविधानमै उल्लेख छ । यसलाई सबै जातजातिले आत्मसात, नियमन गर्र्नुपर्र्छ ।’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘धरानमा केही महिना अघिदेखि हिन्दूको मन्दिर अगाडि चर्च बनाउने, नेपालको राष्ट्रिय जनावरलाई सार्वजनिक रुपमा गौ–हत्या गरी सामाजिक सञ्जाललगायतमा प्रचारबाजी गरिएकाले कुनै समुदायले आफ्नो धर्म, संस्कृति मान्दै गर्दा अन्य धर्म, संस्कृति मान्ने जाति, समुदायलाई आघात, ठेस पुग्ने खाल्का गतिविधि कानुनसम्मत छैनन् र संविधानले बर्जित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले यस्ता गतिविधि पुनः नदोहो¥याउन अनुरोध गरेको छ भने राष्ट्र, राष्ट्रियता र सनातन हिन्दू धर्मको पक्षमा राप्रपा नेपाल सदैव कटिबद्ध रहने राप्रपा नेपालका धरान उपमहानगर समितिका संयोजक कमल कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राप्रपा नेपालले चाँडै तेस्रो जनान्दोलनमार्फत देशमा हिन्दू राष्ट्र कायमसँगै जातीय, धार्मिक, सांस्कृतिक पक्ष अक्षुण राख्न र शान्ति सद्भाव कायम राख्न अभियान सुरु गर्ने केन्द्रीय सदस्य दीपेन्द्र कार्कीले जानकारी दिए ।