श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ३ गते आइतबार, २० अगष्ट २०२३, पिङ्गल संवत्सर। श्रावण शुक्ल    पक्षको चतुर्थी तिथि भोलि ००ः३४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हस्ता भोलि ०४ः३३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चिताएको काममा विलम्ब हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीमा पहिलेको सम्झौता भङ्ग हुनसक्छ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको सुझावमा भर नपर्नु होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नु होला। थालेको काम बिग्रिए पनि पछिलाई फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। दिन राम्रोसँग बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारबाट पनि मनग्य लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारबाट न्यून फाइदा हुनेछ । सहयोगीहरू अनायासै पन्छिन सक्छन्। लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।