श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ४ गते सोमबार, २१ अगस्ट २०२३,पिंगल संवत्सर, श्रावण शुक्ल पक्षको पञ्चमी तिथि भोलि ०२ः१५ बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र चित्रा भोलि ०६ः४४ बजेसम्म स्वाती, चन्द्रराशि– कन्या, सुर्योदय ०५ः३६ बजे र सुर्यास्त ०६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवश्यक पर्दा साथीभाइले पनि फाइदा दिलाउनेछन् । समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । परिवर्तन ल्याउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौती देखापर्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा सजग रहनुहोला । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ ।