कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । आज बिहान आठ बजेका लागि बोलाइएकोे बैठक स्थगित भएको हो । 

परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगे पनि उपसभामुखले अनुपस्थित रहने सूचना दिइसकेका कारण बैठक अगाडि नबढी स्थगित भएको छ ।

छलफलले दिउँसो १२ः१५ बजे बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाएका  प्रदेशसभा सदस्य इस्राइल मन्सुरको उपस्थितिमा बैठक बस्ने सहमति गरेको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक आज बस्ने–नबस्ने अनिश्चित भएको छ ।

उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं उडेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने–नबस्ने अनिश्चित भएको हो ।

‘प्रदेश सभा बैठक के गर्ने भन्नेबारे हामीले कुनै निष्कर्ष निकाल्न सकेनौं । १ बजेअघि फेरि बस्ने गरी बैठकबाट उठेका छौं,’ कोशी कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले भने ।

मुख्यमन्त्री थापाका पक्षमा बहुमत पु¥याउन सत्ता गठबन्धनका दलले यसअघि नै सभामुखलाई राजीनामा दिन लगाएका छन् । सभामुखले राजीनामा दिएपछि उपसभामुख दनुवारले सभामुखको जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ ।  

दनुवारले बैठक चलाउँदा थापाका पक्षमा विश्वासको मत सजिलै पुग्ने भएकाले उनी सोमबार बिहान काठमाडौं उडेकी छन् ।

उनले बैठक चलाउने जिम्मेवारी कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्।

मन्सुरीले बैठक चलाउँदा थापाका पक्षमा बहुमत पुग्दैन । सत्ता गठबन्धनका नेताहरूले भने आजको बैठक नै नबस्ने बताएका छन् । 

‘परिस्थिति हेर्दा अब आज बैठक बस्दैन ।’ माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले भने ।

मुख्यमन्त्री थापाले भदौ १३ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ ।