सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सुपौलका १९ वर्षीय अमरकुमार मेहता रहेका छन् । 

बिहान कोशी ब्यारेजको १ नम्बर ढोका छेउ नुहाउने क्रममा डुबेर बेपत्ता भएका मेहतालाई खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियो ।

नदीमा पानीको वेगका कारण स्थानीयको प्रयास सम्भव नभएपछि गोताखोर टोली झिकाएर खोजी गर्ने क्रममा मेहताको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फेले जानकारी दिए । 

एसपी तुम्बाहाम्फेका अनुसार मेहता नदीमा नुहाएर छेउमै रहेको शिव मन्दिरमा जल चढाउने क्रममा थिए । सोही क्रममा नदीमा नुहाउने क्रममा डुबेका उनी त्यस लगत्तै वेपत्ता भएका थिए ।