नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पुर्याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् ।
सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत दिने भएपछि प्रदेश सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संविधान र कानुनको हुर्मत लिने काम अब पनि लिनुभयो भने यो मुलुकको प्रादेशिक संरचना र संघीयतामाथि आलोचना हुनेछ र उत्कर्षमा पु¥याउने काम सत्तापक्षले गर्दैछ,’ उनले भने । संविधान र कानुनको विषयलाई आफू अनुकूल दुषप्रचार गर्ने काम गर्न नहुने उनले बताए ।
उनले उपसभामुखले कानुन र संविधान बमोजिम बिदा लिएको बताए । स्वास्थ्यको संवेदनशीलताप्रति लाञ्छना लगाउने काम कसैले पनि गर्न नहुने उनले बताए ।
‘उपसभामुख गंगालाल हृदयकेन्द्रमा उपचार गर्दै आउनुभएको छ । मान्छेको निजी जीवनप्रति निक्कै कठिनाइहरु हुन्छन् । सधैं सहज हुँदैन,’ प्रमुख सचेतक भण्डारीले भने, ‘त्यसैले कसैप्रति यसरी लाञ्छना लगाउनु हुँदैन ।’