कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु भएको छ ।
अहिले प्रदेशसभा मुख्यमन्त्रीलाई विश्वासको मत दिन पक्ष र विपक्षको लागि मतदान सुरु भएको हो । गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिंदैछन् ।
उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।