धरान । धरानका विभिन्न स्थानमा सञ्चालित डेङ्गु शिविरका लागि लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ सीअन्तर्गतका लायन्स क्लबले स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।
धरानको सुनसरी उद्योग वाणिज्य सङ्घ, धरान १३, धरान १४, धरान ८ र धरान १ को पुरानो अस्पतालमा डेङ्गुका शिविर सञ्चालन छन् । यी शिविरका लागि कुल पाँच सय थान ‘पारासिटामोल इन्फ्युजन’ सामग्री वितरण गरिएको डिस्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए । शिविर सञ्चालन गर्दै आएका वडादेखि सुनसरी उद्योग वाणिज्य सङ्घलाई सामग्री हस्तान्तरण गरिएको छ । डिस्ट्रिक गर्भरन धिरज गुरुङ, कार्यक्रमकी सभापति उमा ताम्राकारले सम्बन्धित शिविर सञ्चालन गर्ने अधिकारीहरूलाई सामग्री हस्तान्तरण गरे ।
सुनसरी उवासङ्घका अध्यक्ष विजय श्रेष्ठ, धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान ८ को वडा सदस्य सावित्री परियारलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उवासङ्घका अध्यक्ष श्रेष्ठले शिविरका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने लायन्स इन्टरनेसनलअन्तर्गतका क्लबहरूलाई धन्यवाद ज्ञापन गरे ।