श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ५ गते मङ्गलबार, २२ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको षष्ठी तिथि भोलि ०३ः२२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र चित्रा ०६ः४४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुरानो समस्याले अलमल्याउन सक्छ। परिस्थितिवश काम रोकिन सक्छ। विवादमा अघि नसर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यावसायिक काममा केही खर्च लाग्न सक्छ।हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिएला । साँझदेखि स्थितिमा सुधार आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ। थालेको कामबाट सफलता लिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दोहो¥याउनु पर्ला।