नेकपा एमाले र पार्टी अध्यक्षको नामसँग जोडिएर निर्माण भएका फेक आइडीविरुद्ध एक्सन लिने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी इन्चार्ज राजेन्न्द्र गौतमले बताएका छन् ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता गौतमले फेक आइडीविरुद्ध कारबाही गर्ने बताएका हुन् ।
उनले पहिलो चरणमा पार्टी र अध्यक्षका नाममा बनेका फेक आइडीलाई सम्पर्कमा आउन सूचना जारी गर्ने त्यसपछि कडाइका साथ कारबाहीको प्रक्रिया अघि बढाउने बताए । नेता गौतमले पार्टी इतिहासमै प्रविधिको क्षेत्रमा उल्लेखीय काम भएको बताए । उनले प्रचार विभागमा ११ वटा डेस्क राखेर काम भइरहेको बताए ।